• Thursday, March 5, 2026

२०७९ को गठबन्धनमा सहभागी हुनु आफ्नो गल्ती भएको गगन थापाको स्वीकारोक्ति


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७९ को निर्वाचनमा बनेको गठबन्धनमा सहभागी हुनु आफूले गरेको महत्वपूर्ण गल्ती भएको स्पष्ट रूपमा बताएका छन्। बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले आफ्नो त्यतिबेलाको निर्णयप्रति खुला रूपमा पश्चात्ताप व्यक्त गरे।

थापाका अनुसार, गठबन्धन गरेर चुनाव लड्ने पार्टी नेतृत्वको निर्णय अन्तिममा स्वीकार्नु नै पछिल्लो समय उनलाई सबैभन्दा ठूलो कमजोरी जस्तै लागिरहेको छ। उनका शब्दमा, पार्टीभित्र आवश्यक संघर्ष गर्न नसक्नु, निर्णय चुनौती नदिनु र आवश्यकता परे चुनाव नलड्ने विकल्पसमेत नलिनु नै आफ्नो त्रुटि बनेको हो।

Gagan Thapa urges leaders to come together to break 'corruption nexus' ::  Setopati :: Setopati

उनले भने,
“मैले गठबन्धन नठिक हुने तर्क राखे पनि अन्तिममा सभापतिको भनाइ र बहुमतको निर्णय स्वीकारेँ। अहिले फर्केर हेर्दा त्यो स्वीकार गर्नु नै मेरो गल्ती थियो।”

थापाले थप स्पष्ट गरे,
“मलाई घुँडा टेक्नु हुँदैन थियो, म टक्कर दिनुपर्ने थियो। आफ्नो भरपुर शक्ति प्रयोग गर्नुपर्ने थियो। तर अन्तिममा मैले स्वीकृति दिएँ, अब त्यो कुरालाई गल्तीको रूपमा स्वीकार्छु।”

Please Login to comment in the post!

you may also like