• Tuesday, March 3, 2026

ड्रोन देखिएको आशंकामा बेल्जियमका विभिन्न विमानस्थलहरूमा उडान अवरुद्ध


मङ्गलवार बेल्जियमका विभिन्न विमानस्थलहरूमा ड्रोन देखिएको आशंकाले हवाई आवागमनमा अवरोध सिर्जना गरेको छ। देशकै सबैभन्दा व्यस्त मानिने ब्रसेल्स विमानस्थलबाट कुनै पनि उडान उड्न वा अवतरण गर्न नपाएको बताइएको छ।स्थानीय समय अनुसार साँझ करिब ८ बजेतिर ड्रोन देखिएको सूचना प्राप्त भएपछि त्यहाँको हवाई सेवा स्थगित गरिएको थियो। करिब एक घण्टा पछि केही समयका लागि उडान पुनः सञ्चालन गरिएको भए पनि पुनः ड्रोन देखिएको कारण फेरि बन्द गरिएको हो।लिएज विमानस्थल पनि यसै घटनाबाट प्रभावित भएको छ र कहिलेबाट नियमित उडान सुरु हुने भन्ने स्पष्ट भएको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार क्लाइन-ब्रोगेलफ्लोरेनेस सैनिक हवाई ठाउँहरू नजिक पनि ड्रोन देखिएको बताइएको छ।

यो घटना पछिल्ला केही हप्तादेखि युरोपका विभिन्न विमानस्थलहरूमा ड्रोन देखिनुले सिर्जना गरेको अवरोधको नयाँ कडी बनेको छ। हालै जर्मनीको म्युनिख, डेनमार्कको कोपेनहेगन र नर्वेको ओस्लो विमानस्थलमा पनि यस्ता घटनाहरू भएका थिए।ब्रसेल्स विमानस्थलको आधिकारिक वेबसाइटमा मंगलवार साँझ प्रकाशित सूचनामा भनिएको छ —

“हाल ड्रोन देखिएको कारणले ब्रसेल्स विमानस्थलमा कुनै पनि उडान उड्न वा अवतरण गर्न पाउने छैन। हामी परिस्थितिलाई नजिकबाट नियाल्दैछौं र थप जानकारी उपलब्ध हुनेबित्तिकै अद्यावधिक गर्नेछौं।”विमानस्थलभित्र खिचिएका तस्वीरहरूमा यात्रुहरूका लागि अस्थायी ओछ्यानहरू तयार पारिँदै गरेको देखिन्छ।ब्रसेल्सको दोस्रो ठूलो विमानस्थल चार्लेरोईमा पनि सावधानीस्वरूप केही समयका लागि हवाई सेवा रोकिएको थियो।सुरुवाती चरणमा केही उडानहरू लिएज विमानस्थलमा मोडिएको थियो, तर त्यहाँ पनि ड्रोन देखिएको कारणले पछि त्यो पनि बन्द गरिएको हो। यसपछि उडानहरू ओस्टेन्डचार्लेरोई (बेल्जियम) तथा आइन्धोभेनमास्त्रिख्ट (नेदरल्यान्ड) विमानस्थलतर्फ मोडिएका छन्।मंगलवार राति सम्म पुग्दा यो घटनाले लगातार चौथो रात ड्रोन देखिएको रिपोर्ट थपेको हो। क्लाइन-ब्रोगेल सैनिक आधार शिविर — जुन नेदरल्यान्डको सीमासमिपमा अवस्थित छ — वरिपरि पटक–पटक ड्रोन देखिँदै आएको छ।बेल्जियमका रक्षा मन्त्री थियो फ्रान्केनले सोमबार एक विज्ञप्तिमा भनेका छन्, “यो स्पष्ट रूपमा क्लाइन-ब्रोगेल लक्षित मिशन जस्तो देखिन्छ।”यसअघि हप्ता अन्त्यतिर ओस्टेन्डएन्टवर्प शहरका ड्युरने विमानस्थल नजिक पनि ड्रोन देखिएको बेल्जियमको समाचार वेबसाइट VRT ले जनाएको छ।

Please Login to comment in the post!

you may also like