• Sunday, October 19, 2025

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध


चितवन/धादिङ – अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेर बाटो दुवैतर्फ अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, शनिबार बिहान २ बजे जवाङखेलामा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा बन्द भएको थियो। प्रहरी, स्थानीय बासिन्दा र यात्रुको प्रयासमा बाटो केही समय खुलाइए पनि माथिबाट फेरि पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ।हाल पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम नरोकिएकाले पहिरो हटाउने कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा बारम्बार पहिरो खस्ने समस्याले यात्रुहरूले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन्।बाटो खुलाउन सम्बन्धित निकायहरूले प्रयास गरिरहेका छन्, तर मौसमको प्रतिकूलताले काममा बाधा पुगेको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा बाटो खुल्ने प्रतीक्षा गर्न सुझाव दिइएको छ।


Please Login to comment in the post!

you may also like