• Thursday, March 5, 2026

अलिनगरमा २५ वर्षीय मैथिली ठाकुरको ऐतिहासिक जित, बिहारकी सबैभन्दा कान्छी विधायक बन्ने निश्चित


भारतीय जनता पार्टी (बीजेपी) की उम्मेदवार तथा चर्चित लोकगायिका मैथिली ठाकुरले अलिनगर विधानसभा सीटमा उल्लेखनीय विजय हासिल गरेकी छन्। २५ वर्षीय ठाकुरले राष्ट्रिय जनता दल (आरजेडी) का वरिष्ठ नेता विनोद शर्मा (वा मिश्र) लाई ११,७३० मतान्तरले पराजित गर्दै बिहारको इतिहासमै सबैभन्दा कान्छी विधायक बन्ने सम्भावना पक्का गरेकी छन्।

२५ चरणको मतगणना सकिँदा एनडीए गठबन्धन २०२ सिटमा विजयतर्फ उन्मुख देखिएको छ। यसपटक अलिनगर, लाखिसराय र आरा क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको थियो।

May be an image of text that says 'अलीनगर जीत मैथिली ठाकुर बीजेपी अलिनगरमा मैथिली ठाकुर विजयी, बिहारकी सवैभन्दा कान्छी विधायक बन्ने पक्का'

परम्परागत रूपमा आरजेडीको गढ मानिने अलिनगरमा मैथिली ठाकुरले दशकौँसम्म प्रभाव जमाएका अब्दुल बारी सिद्दीकीको प्रभाव रहेको क्षेत्रमै प्रभावशाली चुनौती दिँदै जित हातवासेकी हुन्। २०२० मा भिआइपीका मिश्रि लाल यादवले झन्डै ३,००० मतान्तरले विजय हासिल गरेका थिए।

यस्तै, लाखिसरायमा बीजेपीका विजयकुमार सिन्हा र जनता सुरक्षा पार्टी (जेएसपी) का सुरजकुमारबीच कडा प्रतिस्पर्धा देखिएको छ। लगातार तीन कार्यकाल (२०१०, २०१५, २०२०) देखि बीजेपीको गढ बनेको यस क्षेत्रमा सिन्हा भुमिहार समुदायका प्रभावशाली नेता मानिन्छन्। उनी २०२० मा बिहार विधानसभा अध्यक्षसमेत बनेका थिए।

Bihar Assembly Election Results 2025, Maithili Thakur

आरा क्षेत्रमा बीजेपीका संजय सिंह ‘टाइगर’ जसपा (JSP) का विजयकुमार गुप्ता र सीपीआई (एमएल) का कायामुद्दिन अन्सारीसँग प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा २०१० यतादेखिका सबै निर्वाचनमा बेला–बेला आरजेडी र बीजेपीबीच सत्ता अदल–बदल हुँदै आएको छ। २०१० र २०२० मा बीजेपीका अमरेन्द्र प्रताप सिंह विजयी भएका थिए भने २०१५ को उपचुनावमा आरजेडीका मोहम्मद नवाज आलम विजयी भएका थिए।

Please Login to comment in the post!

you may also like