गाजामा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या १ लाख १२ हजारभन्दा बढी हुन सक्ने
-
Nov Mon, 2025
-
in
ग्लोबल गन्थन
गाजामा इजरायलको सैन्य कारबाहीका कारण मृत्यु हुने प्यालेस्टाइनीको वास्तविक संख्या आधिकारिक तथ्यांकभन्दा निकै बढी रहेको एउटा नयाँ अनुसन्धानले देखाएको छ। अनुसन्धाताहरूको मध्य अनुमानअनुसार अहिलेसम्म कम्तीमा १ लाख १२ हजार ६९ जनाले ज्यान गुमाइसकेका छन्, जुन गाजा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको करिब ७० हजारको आधिकारिक संख्याभन्दा लगभग दोब्बर हो। यो आँकडामा बम, गोली र क्षेप्यास्त्रबाट भएको प्रत्यक्ष मृत्यु मात्र होइन, भोकमरी, रोग र स्वास्थ्य सेवाको पूर्ण ध्वस्तीकरणका कारण भएको अप्रत्यक्ष मृत्यु पनि समेटिएको छ।
ध्वस्त भवनमुनि पुरिएका करिब १० हजारभन्दा बढी शव अझै बाहिर निस्कन सकेका छैनन् भने गाजाको ९६ प्रतिशत जनसंख्यामा गम्भीर खाद्य असुरक्षा कायम छ। विशेषज्ञहरूले यदि यही अवस्था रहेमा दीर्घकालमा मृत्यु संख्या ५ लाख नाघ्न सक्ने चेतावनी दिएका छन्।