• Tuesday, March 3, 2026

नेपाल महिला क्रिकेट टिम भारत भ्रमणमा, टी-२० विश्वकप छनोटको तयारी


काठमाडौं, २०८२ कार्तिक २५ (नोभेम्बर १०) - नेपालको महिला राष्ट्रिय क्रिकेट टिमले आगामी टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता  को तयारीका लागि भारतको उत्तराखण्डमा एक विशेष भ्रमण कार्यक्रममा भाग लिने भएको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा हुने यो भ्रमण नवम्बर १३ देखि १९ सम्म सञ्चालन हुनेछ, जसमा नेपालले ६ टी-२० म्याच खेल्नेछ।

नेपालले यो भ्रमणमा राजस्थान, उत्तराखण्ड र बंगालका टिमहरूसँग प्रतिस्पर्धा गर्नेछ। यो भ्रमणले नेपाली महिला टिमलाई बलियो क्षेत्रीय प्रतिद्वन्द्वीविरुद्ध अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्नेछ, जुन विश्वकप छनोटमा महत्वपूर्ण सावित हुन सक्छ। टिमको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको भूमिका पूजा महताले निभाउनेछिन्।टिममा अनुभवी ओपनर रुबिना क्षेत्री, अलराउन्डर साबनम राई, मन्जिषा उपाध्याय लगायतका खेलाडीहरू समावेश छन्, जसले हालै संयुक्त अरब इमिरेट्स (युएई) माथि पाँच विकेटको रोमाञ्चक जित हासिल गरेको थियो। यो जितले नेपाललाई ग्लोबल छनोटको यात्रामा आत्मविश्वास बढाएको छ।नेपालले पहिलो म्याच नोभेम्बर  १३ मा राजस्थानसँग खेल्नेछ भने क्रमशः १४ र १५ नोभेम्बर  उत्तराखण्ड र बंगालसँग प्रतिस्पर्धा गर्नेछ। फिर्क्सचरअनुसार दोस्रो चरणमा १७ र १९ नोभेम्बर  राजस्थान र उत्तराखण्डविरुद्ध पुनः म्याचहरू हुनेछन्। सबै खेलहरू अयुष क्रिकेट एकेडेमी, चिड्डेरवाला, देहरादूनमा आयोजना हुनेछन्।

नेपालको महिला क्रिकेटले पछिल्लो वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ। सन् २०१८ मा डिभिजन पाँचबाट सुरु गरेको यो टिमले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो छाप छोडिसकेको छ। सन् २०२५ मा युएईविरुद्धको जितपछि नेपालले पहिलोपटक टी-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ, जुन घरेलु मैदानमा आयोजना हुनेछ।यो भ्रमणले नेपाली महिला क्रिकेटको विकासमा थप बल पुग्ने अपेक्षा गरिएको छ। क्यानले यो अवसरलाई उपयोग गरी खेलाडीहरूको सिप र रणनीति सुधार गर्न विशेष ध्यान दिने जनाएको छ। क्रिकेटप्रेमीहरूले यो भ्रमणलाई नेपालको महिला क्रिकेटको उज्ज्वल भविष्यको संकेतको रूपमा लिएका छन्।


Please Login to comment in the post!

you may also like