• Thursday, March 5, 2026

एनपीएल दोस्रो संस्करण: २३ खेल फ्लडलाइटमा, उद्घाटन खेल मंसिर १ मा ४ बजे


नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका अधिकांश खेल अब फ्लडलाइट अन्तर्गत रातिको समयमा आयोजना हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ सार्वजनिक गरेको ताजा खेल तालिकाले कुल ३२ खेलमध्ये २३ खेल रात्रीकालीन हुने पुष्टि गरेको छ, जबकि ९ खेल मात्रै दिउँसोको समय तोकिएको छ।

मंसिर १ गते हुने उद्घाटन मुकाबिला साविक च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ, जुन अपरान्ह ४ बजेदेखि सुरु हुने तालिका छ।क्यानले एकै दिन एक खेल मात्र तय हुँदा त्यसलाई फ्लडलाइटमा सञ्चालन गर्ने निर्णय गरेको छ, जबकि दुई खेल पर्ने दिनमा पहिलो खेल विहान ११:१५ वा ११:४५ मा सुरु हुनेछ र दोस्रो खेल साँझतिर सारिएको छ।

मंसिर २ गते चितवन राइनोज तथा कर्णाली याक्सबीचको पहिलो खेल विहान ११:४५ मा हुनेछ। त्यसपछि त्यही दिन विराटनगर किंग्स र पोखरा एभेन्जर्स अपरान्ह ४ बजेदेखि भिड्ने छन्।मंसिर ३, ४ र ५ का खेल तीनै दिन ४ बजेबाट सुरु हुनेछन्। यता मंसिर ६ र ८ मा दुई-दुई खेल तोकिएको छ—६ गतेको पहिलो खेल ११:१५ मा र ८ गतेको पहिलो खेल ११:४५ मा हुने छ।

त्यसकारण ६ गते काठमाडौँ–विराटनगर साढे ३ बजे भिड्नेछन् भने ८ गते सुदूरपश्चिम–कर्णालीको खेल साँझ ४ बजे हुनेछ।मंसिर ९ र १० का एक–एक खेल पनि ४ बजे नै सुरु हुनेछन्। त्यसपछि मंसिर ११, १२, १३, १६, १८ र २० का दिन भने क्रमशः दुई–दुई खेल हुनेछन्, जसमा पहिलो खेल ११:१५ वा ११:४५ मा सुरु हुनेछ भने दोस्रो खेल ३:३० वा ४ बजेबाट सुरु हुने तालिका छ।मंसिर १४, १७, १९ र २१ का दिनका खेल भने मात्रै फ्लडलाइटमा हुनेछ।

लिग phase समाप्त भएपछि प्लेअफका सबै खेल रात्रीकालीन हुनेछन्। मंसिर २३ को पहिलो क्वालिफायर, २४ को इलिमिनेटर र २५ को दोस्रो क्वालिफायर सबै ४ बजेबाट सुरु हुनेछन्।फाइनल मुकाबिला मंसिर २७ शनिबारका लागि तोकिएको छ, जसको सुरुआत समय ३:३० बजे हुनेछ।

नेपालमा पहिलोपटक फ्लडलाइटमा क्रिकेट खेलाउने तयारी अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ। त्रिवि क्रिकेट मैदानमा लाइट जडान तीव्र रूपमा भइरहेको र आगामी बुधबारसम्म सबै लाइट जडान सकिने, त्यसपछि परीक्षण सुरु हुने क्यानका व्यवस्थापक विनोद दासले जानकारी दिएका छन्।त्रिविमा १० हजार दर्शक क्षमता भएको नयाँ रंगशाला तयार भइसकेको छ। विगतमा चौरमा बसेर खेल हेर्नुपर्ने समर्थकहरूले अब भने कुसनयुक्त कुर्सीमा बस्दै खेल हेर्ने सुविधा पाउनेछन्।

Please Login to comment in the post!

you may also like