• Thursday, March 5, 2026

भारतको नागरिक उड्डयन सुरक्षा नियामक निकायले क्याबिन क्रूका लागि नयाँ ‘ड्युटी र रेस्ट’समय तोक्यो :उड्डयन सुरक्षा सुदृढ गर्ने उद्देश्य


भारतको नागरिक उड्डयन सुरक्षा नियामक निकाय, डीजीसीए ले क्याबिन क्रूका लागि नयाँ कार्य अवधि (ड्युटी) र विश्राम अवधि (रेस्ट पिरियड) सम्बन्धी मस्यौदा नियमहरू जारी गरेको छ।यस नयाँ प्रस्तावित दिशानिर्देशनले क्याबिन क्रूको थकान नियन्त्रण र उड्डयन सुरक्षा सुदृढ गर्ने उद्देश्य राखेको छ। मस्यौदामा अन्तर्राष्ट्रिय मानकहरू  विशेषगरी अन्तराष्ट्रिय नागरिक उड्ड्यन  संगठनका सिफारिसहरू लाई ध्यानमा राखिएको बताइएको  छ।

डीजीसीएले जारी गरेको विवरण अनुसार, मस्यौदामा उडान अवधिमा अधिकतम कार्य घण्टा, अनिवार्य विश्राम समय, रात्रीकालीन ड्युटी सीमा, र लगातार उडानहरूको बीचमा हुने ‘रिकभरी रेस्टको स्पष्ट प्रावधानहरू समावेश छन्। यसले लामो दूरीका उडानमा कार्यरत क्रू सदस्यहरूको स्वास्थ्य र सतर्कता कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।नयाँ नियम अन्तर्गत, क्याबिन क्रूलाई एक दिनमा तोकिएको भन्दा बढी समय उडानमा लगाउन पाइने छैन, र उडानपछि कम्तीमा १२ घण्टाको विश्राम अवधि अनिवार्य गरिने सम्भावना छ। साथै, रातको समयमा गरिने ड्युटीका लागि थप सुरक्षा र स्वास्थ्यसम्बन्धी प्रावधान पनि प्रस्ताव गरिएको छ।

डीजीसीएले यो मस्यौदा सार्वजनिक सुझावका लागि जारी गरेको हो र संबन्धित पक्षहरू  एयरलाइन्स, श्रमिक संघ, र क्रू प्रतिनिधिहरू  बाट राय लिन ३० दिनको समय दिएको बताइएको छ।नियमलाई अन्तिम रूपमा लागू गरेपछि, यसले भारतको उड्डयन क्षेत्रमा ‘फ्लाइट ड्युटी टाइम लिमिटेशन' प्रणालीलाई अझ आधुनिक र सुरक्षित बनाउने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।


Please Login to comment in the post!

you may also like