• Saturday, June 21, 2025

आगलागीबाट क्यानाडामा २६ हजारभन्दा बढी विस्थापित


क्यानाडाली अधिकारीले क्यानडाको जंगलमा लागेकाले क्यानाडाका तीन प्रान्तका २६ हजारभन्दा बढी बासिन्दा विस्तापित भएको जनाएका छन्। उनीहरूका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन।  


शनिबारसम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार ३०० र सास्काचेवानमा करिब आठ हजार मानिसलाई त्यहाँ बाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको जनाइएको छ। अधिकारीले विस्थापितको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

आगलागीका कारण उत्यन्न धुवाँले क्यानाडा र अमेरिकाका केही सीमावर्ती राज्यमा वायु प्रदूषण बढाएको जनाइएको छ।

अमेरिकाका केही भाग उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका क्षेत्रमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाएइको छ।



Please Login to comment in the post!

you may also like