• Thursday, April 30, 2026

धितोपत्र बजार सुधारका लागि सेबोनको अग्रसरता: आगामी वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग


काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूसँग राय-सुझाव माग गरेको छ। बोर्डले हरेक वर्ष निर्माण गर्ने सुधारमुखी र व्यावहारिक योजनाहरूमा आम लगानीकर्ता र बजार विज्ञहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न यो आह्वान गरेको हो।
धितोपत्र तथा वस्तु विनिमय बजारको दिगो विकासलाई प्राथमिकतामा राखेर तयार पारिने यस नीतिले बजारका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। इच्छुक व्यक्ति, संस्था, बजार व्यवसायी तथा विज्ञहरूले आगामी जेठ १५ गतेभित्र बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको इमेल ठेगानामा आफ्ना रचनात्मक सुझावहरू पठाउन सक्नेछन्। सरोकारवालाका सुझावहरूलाई समेटेर बजारको विस्तार र सुधारका लागि विशेष प्याकेज ल्याइने सेबोनले जनाएको छ।

Please Login to comment in the post!

you may also like