• Sunday, October 19, 2025

३१ वर्षकै उमेरमा भारतका सबैभन्दा कान्छा 'अर्बपति"


परप्लेक्सिटी एआईका मुख्य कार्यकारी अधिकृत (सीईओ) अरविन्द श्रीनिवास भारतीय मूलका युवा उद्यमी हुन्, जो विश्वको कृत्रिम बुद्धिमत्ता (एआई) खोज प्रविधिको क्षेत्रमा अग्रणी नामका रूपमा स्थापित छन्। उनी सन् १९९४ मा चेन्नई, भारतमा जन्मेका हुन। उनले IIT मद्रासबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डुअल डिग्री प्राप्त गरे र पछि अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेबाट कम्प्यूटर साइन्समा पीएचडी गरे।

अरविन्दले गुगल ब्रेन, डीपमाइन्ड र ओपनएआई जस्ता प्रतिष्ठित संस्थानहरूमा अनुसन्धानकर्ता भएर काम गरेका थिए। सन् २०२२ मा उनले डेनिस याराट्स, जोनी हो र एन्डी कोन्विन्स्कीको साथमा परप्लेक्सिटी एआईको सहसंस्थापन गरे। परप्लेक्सिटी एआई एक यस्ता खोज इन्जिन हो जुन प्रयोगकर्तालाई संवादात्मक र प्रमाणित स्रोतसहितको वास्तविक समयको उत्तर उपलब्ध गराउने उद्देश्यले डिजाइन गरिएको छ।

उनका प्रयासहरूले कम्पनीलाई २०२५ सम्ममा १८ अर्ब अमेरिकी डलर भन्दा बढीको मूल्यांकनसम्म पुर्‍याएको छ। त्यसै वर्ष मे महिनामा परप्लेक्सिटीले भारतको एयरटेलसँग साझेदारी गरेर ३६ करोड भारतीय प्रयोगकर्ताहरूलाई मुफ़्त सेवामा पहुँच दिलाएको थियो। हाल विश्वभरि ३० लाख सक्रिय प्रयोगकर्ताको संख्या पुगेको छ।अरविन्द श्रीनिवासलाई सन् २०२५ मा ३१ वर्षको कम उमेरमै भारतका कान्छा अर्बपतिका रूपमा हुरुन सूचीमा स्थान दिइएको छ। उनले गुगलजस्तो ठूला प्रविधि कम्पनी छोडेर आफ्नै मार्ग अपनाएका र एआई सेवा क्षेत्रमा पारदर्शिता र प्रमाणिकता जोड्ने सपना पूरा गरेका हुन्।उनी विश्वको एक चर्चित युवा एआई उद्यमी र प्रविधि नेता बन्न सफल भएका छन्, जसले परम्परागत खोज प्रविधिलाई नयाँ युगमा रुपान्तरित गरिरहेका छन्। उनका प्रेरणादायी कथा र नेतृत्वले एआई क्षेत्रका नयाँ पुस्तालाई प्रोत्साहित गर्दै आएको छ।

Please Login to comment in the post!

you may also like