काठमाडौ। इजरायली सेनाले हमास गाजा प्रमुख मोहम्मद सिनवारको शव दक्षिणी गाजाको खान युनिसस्थित युरोपेली अस्पताल मुनिको सुरुङमा फेला पारेको र डीएनए परीक्षणमार्फत पहिचान गरेको दाबी गरेको छ। मे १३ को हवाई आक्रमणमा सिनवारसहित २८ जनाको मृत्यु भएको र हमासका रफाह ब्रिगेड कमान्डर मोहम्मद सबानेहको शव पनि नजिकै फेला परेको बताइएको छ। अन्य वस्तु र गुप्तचर जानकारी पनि बरामद भएको र थप शवहरूको पहिचान भइरहेको आईडीएफले जनाएको छ। हमासले भने सिनवारको मृत्युको पुष्टि गरेको छैन।