आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।
डन्डीस्थित फोर्टहिलमा जारी खेलमा नेपालका ओपनर कुशल भूर्तेल १८ रनमा आउट भए । उनलाई नेदरल्याण्ड्सका पल भान मीकेरेनले आउट गरेका हुन् । टस जितेर नेदरल्यान्ड्सले पहिले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।