• Saturday, June 21, 2025

कार्यसूचीमा प्रवेश गर्न सकेन प्रतिनिधिसभा बैठक, आज पनि १ः०० बजे बस्ने


काठमाडौं  । प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश  गर्न सकेको छैन ।   जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक स्थगित हुँदा नियमित कार्यसूचीमा प्रवेश गर्न नसेकेको हो ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै कार्यसूचीमा प्रवेश गर्न नसकेको बैठक  आज दिनको १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण  पछिल्ला दिनहरुमा अवरुद्ध हुँदै आएको बैठक  बैठक आज के हुन्छ भन्नेबारेमा अन्यौल छ ।

Please Login to comment in the post!

you may also like