• Friday, October 17, 2025

नेपालबाट मनसुन बाहिरियो, मौसम सफा


काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शुक्रबार नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको घोषणा गरेको छ।

मनसुन बहिर्गमन भएसँगै देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ।आइतबारको मौसम पूर्वानुमानअनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि कोशीको पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने विभागले बताएको छ।यस वर्षको मनसुनको उत्तरार्द्धमा भारी वर्षाका कारण देशका ५० भन्दा बढी जिल्लामा जनजीवन प्रभावित भएको थियो।

मनसुनी विपद्‍मा परेर ५३ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको विभागका सूचना अधिकारी दिनकर कायस्थलेबिजनेस प्रेसलाई जानकारी दिए।उनका अनुसार यस वर्ष मनसुन निर्धारित समयभन्दा १५ दिन अगाडि गत जेठ १५ गते नेपाल भित्रिएको थियो। देशभर मनसुन फैलिन २३ दिन लागेको थियो।

Please Login to comment in the post!

you may also like