• Sunday, October 19, 2025

उच्च मनोबलका साथ सम्पूर्ण ट्राफिक प्रहरीहरू ट्राफिक व्यवस्थापनमा खटिसके : एसएसपी नवराज अधिकारी


जेन–जी आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भए पनि सम्पूर्ण ट्राफिक प्रहरीहरू उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार आन्दोलनको क्रममा कार्यालयमा आगजनी हुनुका साथै बाहिर पार्किङमा रहेका सवारीसाधनसमेत जलेर नष्ट भएका छन्। त्यस्तै, सडकका डिभाइडर, ट्राफिक बत्ती र सिसिटिभी प्रणालीमा पनि व्यापक क्षति पुगेको छ।

सवारी आवागमनमा तत्काल समस्या देखिएको भन्दै अधिकारीले पहिलेभन्दा बढी संख्यामा ट्राफिक प्रहरी खटाइएको जानकारी दिए। उनले ट्राफिक नियमको पालना गर्न सवारी चालकहरूलाई आग्रह गर्दै, सबैको सहयोगले अवस्था सहज हुने विश्वास व्यक्त गरे।

Please Login to comment in the post!

you may also like