• Sunday, October 19, 2025

सडक मार्गहरू खोल्ने तयारी


काठमाडौं - वर्षा रोकिएसँगै सरकारले काठमाडौंबाट पश्चिमतर्फ जाने सडक मार्गहरू खोल्ने तयारी गरेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमतर्फ यातायात सञ्चालनका लागि मौसम अनुकूल भएको जानकारी दिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं–नारायणगढ र काठमाडौं–पोखरा सडक खण्डमा गाडी चलाउन दिने योजना बनाएको छ।

मन्त्रालय स्रोतका अनुसार केही ठाउँमा रहेका साना पहिराहरू हटाएपछि पश्चिमतर्फका बाटोहरू खुला हुनेछन्। "पानी पर्ने सम्भावना नभएको जानकारी आएकाले गाडी चल्न दिने तयारी छ," मन्त्रालयले जनाएको छ। बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले वर्षा गराउने प्रणाली मध्य क्षेत्रबाट बाहिरिएको र आज दिउँसोबाट पूर्वी क्षेत्रमा पनि वर्षा कम हुने सम्भावना रहेको बताए।

यसअघि सरकारले बाढी र पहिरोको जोखिमका कारण असोज १८, १९ र २० गते काठमाडौं भित्रिने र बाहिरिने यातायातमा रोक लगाएको थियो। तर, मौसम पूर्वानुमानभन्दा छिटो सुधार भएकाले पश्चिमतर्फ यातायात सञ्चालन गर्न अनुकूल वातावरण बनेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। बीपी राजमार्गबाहेक अन्य राजमार्गहरूमा गाडी चलाउन दिने तयारी भइरहेको छ।

Please Login to comment in the post!

you may also like