काठमाडौं। निरन्तर वर्षाका कारण मौसम प्रतिकूल हुँदा शनिबार स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान आजदेखि पुनः सञ्चालनमा आएका छन्।
विमानस्थल कार्यालयका अनुसार सेवा सञ्चालन भए पनि केही उडान डिले भएका छन्। बुद्ध एयरले आज बिहान नेपालगञ्ज र भद्रपुरका लागि उडान भरेको छ। मौसम अनुकूल रहे अन्य एयरलाइन्सले पनि क्रमशः नियमित उडान सञ्चालन गर्ने भएका छन्।
शनिबार आन्तरिक उडान स्थगित हुँदा विमानस्थल पुगेका यात्रुहरू मारमा परेका थिए।