• Sunday, October 19, 2025

देशभरका प्रमुख ८ नदी खतराको तह नाघे, १२ नदी सतर्कताको स्तरमाथि


काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन्।  जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका हुन्।

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। उनका अनुसार कोसीमा बढ्दो, बागमती र मधेसका केहीमा स्थिर र केहीमा घट्दो क्रममा छ।

यसैगरी कोसी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालामा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। 

बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छ भने कोसी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ। यो क्रम अबको केही घन्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ।

ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ।


Please Login to comment in the post!

you may also like