• Sunday, October 19, 2025

सप्तकोशी नदीमा बाढीको खतरा, उदयपुर, सप्तरी र सुनसरी उच्च जोखिममा


सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म कायम रहने अनुमान गरिएको छ।सप्तकोशीका सहायक नदीहरू सुनकोशी, अरुण र तमोरमा पनि बाढीको स्तर खतरनाक तहमा पुगेको छ। यसले उदयपुर, सप्तरी र सुनसरीका नदी तटीय क्षेत्रहरूलाई उच्च जोखिममा पारेको छ।बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले भने, "ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मास एसएमएसमार्फत सूचना पठाइएको छ।" उनले थपे, "सुनसरी, मोरङ र झापा भएर बग्ने साना नदीहरू तथा झापाको कन्काई नदीको तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।"स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

Please Login to comment in the post!

you may also like