• Tuesday, March 3, 2026

अमेरिकी युद्धपोत अब्राहाम लिंकन भारतीय महासागरमा, इरानमाथि सम्भावित कारबाहीको संकेत


अमेरिकी नौसेनाको  अब्राहाम लिंकन क्यारियर स्ट्राइक समूह हाल भारतीय महासागरमा प्रवेश गरेको छ, जसले इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्न नजिकको स्थिति बनाएको सिएनएन लाई दुई स्रोतले बताएका छन्।यो समूह अमेरिकी केन्द्रीय कमान्ड को कार्यक्षेत्रभित्र पर्छ, जसअन्तर्गत मध्यपूर्वका सैन्य गतिविधिहरू समेटिन्छन्। यद्यपि, युद्धपोत अहिले नै अन्तिम आक्रमण स्थानमा पुगेको भन्ने निश्चित छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने विभिन्न विकल्पहरू विचार गरिरहे पनि हालसम्म कुनै निर्णय भएको संकेत छैन।सामान्यतया क्यारियर स्ट्राइक समूहमा एक विमानवाहक युद्धपोत, निर्देशित क्षेप्यास्त्र क्रुजर, हवाई प्रतिरक्षा युद्धपोत तथा पनडुब्बी विरोधी डेस्ट्रोयर वा फ्रिगेट समावेश हुन्छन्। यसअघि नै  अब्राहाम लिंकन उक्त क्षेत्रमा जाँदै गरेको सिएनएनले रिपोर्ट गरिसकेको थियो।यसबीच, इरानमा जारी सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका कारण मृतक संख्या तीव्र रूपमा बढिरहेको छ। अमेरिका–आधारित मानवअधिकार  समाचार संस्थाका अनुसार यस महिना सुरु भएको प्रदर्शनयता ५,५२० प्रदर्शनकारी मारिएका छन्, भने थप १७,०९१ मृत्यु घटनाको समीक्षा भइरहेको छ।

राष्ट्रपति ट्रम्पले इरानलाई प्रदर्शनकारी हत्या नगर्न चेतावनी दिँदै हस्तक्षेपको धम्की दिँदै आएका छन्। यद्यपि गत साता उनले इरान “वार्ताका लागि इच्छुक देखिएको” बताएका थिए, जसले संवादको सम्भावना खुला रहेको संकेत दिएको छ।यसैबीच, इरान सम्भावित अमेरिकी आक्रमणको तयारीमा देखिएको छ। राजधानी तेहरानको क्रान्ति चोकमा अमेरिकी झण्डा बोकेको युद्धपोतमाथि लडाकु विमानहरूको झुण्ड देखाइएको ठूलो भित्तेचित्र सार्वजनिक गरिएको छ। शुक्रबारको जुम्मा प्रवचनमा इमामले अमेरिकालाई आक्रमण नगर्न चेतावनी दिँदै भने,“तपाईंहरूले यस क्षेत्रमा लगानी गरेको ट्रिलियन डलर हाम्रो क्षेप्यास्त्रको निगरानीमा छ।”इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएई ले अमेरिकाको कुनै पनि आक्रमणको “पछुतो लाग्ने प्रतिक्रिया” दिने क्षमता इरानसँग रहेको बताए।“एक वा धेरै युद्धपोतको आगमनले हाम्रो रक्षा संकल्पलाई असर पार्दैन,” उनले भने।

इरानी सेनाले इजरायलसँगको १२ दिने युद्धपछि आफ्नो क्षेप्यास्त्र क्षमता उल्लेखनीय रूपमा बढेको दाबी गरेको छ। उक्त युद्धमा इरानले इजरायली लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। त्यस क्रममा अमेरिकाले पनि इरानका प्रमुख आणविक संरचनाहरूमा आक्रमण गरेको थियो।इरानसँग मध्यम र लामो दूरीका ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल छन्, साथै उसका ड्रोनहरू युक्रेन युद्धसम्म प्रयोग भइसकेका छन्।इरानी सैन्य कमाण्डका प्रमुख मेजर जनरल अली अब्दोल्लाही ले चेतावनी दिँदै भने,“इरानमाथि कुनै पनि आक्रमण भएमा अमेरिकी हित, सैन्य अड्डा र प्रभाव क्षेत्र तुरुन्तै वैध लक्ष्य बन्नेछन्।”इरानले अमेरिकाका क्षेत्रीय सहयोगी राष्ट्रहरू पनि निशानामा पर्ने चेतावनी दिएको छ। यही कारण खाडी मुलुकहरूले ट्रम्प प्रशासनलाई सैन्य कारबाही नगर्न दबाब दिइरहेका छन्।इरान समर्थक इराकी मिलिसिया कताएब हेजबोल्लाह का कमाण्डर अबु हुसेन अल–हमिदावीले आइतबार विश्वभरका समर्थकहरूलाई “पूर्ण युद्धको तयारी” गर्न आह्वान गरेका छन्।“इस्लामिक गणतन्त्रविरुद्धको युद्ध सजिलो हुनेछैन,” उनले चेतावनी दिए।

Please Login to comment in the post!

you may also like