काठमाडौं, १ असोज २०८२ — प्रधानमन्त्री सुशीला कार्की आँखाको ‘फलोअप’ परीक्षणका लागि तिलगंगा आँखा प्रतिष्ठान पुगेकी छन्। उनले लामो समयदेखि सो प्रतिष्ठानका नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसँग आँखा जाँच गराउँदै आएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार डा. रुइतसँग उपचारबाहेक अन्य कुनै विषयमा छलफल भएको छैन। डा. रुइतलाई मन्त्री बनाउने चर्चा चले पनि उनले सोमबार नै मन्त्री बन्न इच्छुक नरहेको स्पष्ट पारेका थिए। यद्यपि, सामाजिक सञ्जालमा उनलाई अन्तरिम सरकारको स्वास्थ्यमन्त्री बनाउनुपर्ने माग उठिरहेको छ।