• Monday, August 4, 2025

भिरबाट लडेर युवकले गुमाए ज्यान


जुम्ला। भिरबाट लडेर तिला गाउँपालिका ६ सुडी गाउँका ३५ वर्षीय जंगबहादुर रावतको मृत्यु भएको छ।

उक्त वडाका वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार दाउरा काट्न जंगल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो।

अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए।

Please Login to comment in the post!

you may also like