• Monday, August 4, 2025

मन्डलामा "चन्द्रलाई कस्ले मार्यो"?


काठमाडौ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान संघर्षमा आधारित नाटक ‘चन्द्रलाई कसले मार्‍यो’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ। नाटक असार २५ गतेदेखि सुरु भइ साउन १८ गतेसम्म हरेक दिन (सोमबारबाहेक) साँझ ५:३० बजे तथा शनिबार अतिरिक्त रूपमा दिउँसो १५ बजे मञ्चन हुँदैछ।

नाटकले परिवार, समाज र साथीभाइबीच यौनिक पहिचानका कारण भोग्नुपर्ने द्वन्द्व, बहिष्कार र मानसिक अवस्थाको चित्रण गर्छ। नाटकको परिकल्पना, लेखन तथा निर्देशन सन्दिप श्रेष्ठले गरेका छन्। उनी स्वयं प्रमुख भूमिकामा देखिन्छन्। अन्य कलाकारहरूमा सीता देवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, भावना उप्रेती, पृतिशा अधिकारी र किरण चापागाईंको अभिनय रहेको छ।

मण्डला थिएटरमा निरन्तर प्रस्तुत भइरहेका सामाजिक यथार्थपरक नाटकहरूको सूचीमा ‘चन्द्रलाई कसले मार्‍यो’ पनि एक सशक्त थप हो।

Please Login to comment in the post!

you may also like