राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट कटवालको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ।
प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबारबाट सुरु भएको महाधिवेशनको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले उद्घाटन गरेका थिए।
मुलुकका २० हजारभन्दा बढी कलाकारहरु समेटिएको यस संघको महाधिवेशनमा ७५ जिल्लाबाट कलाकारहरु सहभागी भएका छन्।