आकाश खसेको बेला
भो छतको कुरा के ?
सिंगै शरीर चिरेको बेला
यो दुश्मनको इलाकामा
हिडेको समय हो
हिस्टेरियाले छोपेको बेला
भो मतको कुरा के ?
भन्नेले त के के भन्छन्
आफ्नै बनी छाती चिर्छन्
नभन्नेले बरु थकथकीमा
थोरै सहानुभूति दिन्छन्
दुनिया भन्दा पर के छ
कतिबेला सोच्ने होला
आफ्नै मनहरू त शत्रु भई
बाँचुञ्जेली अति पिर्छन्
नदीमा पानी भन्दा बढ्ता
दु:खीका आँसु बगेका छन्
यहाँ साधु सन्त र आफ्नाले नै
बढी भन्दा बढी ठगेका छन्
यो आकाश खसेको समय
होसियार रहनू
दिनेले नै सबैभन्दा बढी
आफूसँगै थप लगेका छन् !