सर्वनाम नाटक घरमा आरुष मगरको परिकल्पना तथा निर्देशनमा नाटक ‘पुर्णबिराम’ को मञ्चन सुरु भएको छ। नाटकलाइ कवि सुरज पराजुलीले लिपिबद्द गरेका हुन।
प्रकृति र पर्यावरण संग रहेर बिषयबस्तु तयार गरेको लेखक पराजुलीले बताए। बढ्दो प्रदुषण र पर्यावरणीय परिवर्तनले मानिसको भविष्यमा कस्तो असर पार्छ भन्ने बारे कलात्मक प्रस्तुति रहेको नाटककार मगरले बताए।
विज्ञान तथा प्रबिधिको दुरुपयोगले आउन सक्ने भयावह अवस्था र राजनीतिक अस्थिरता ले गर्दा सर्वसाधारणको आधारभुत जिवनमा कस्तो असर गर्छ भन्ने बारे नाटक केन्दृत रहेको आयोजकले बताएका छन। नाटक असार १७देखि २९ गते सम्म चल्ने जनाइएको छ।