सर्वसाधारण ले खाने नूनको मूल्य बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको नयाँ मूल्यसुचि सार्वजनिक गरेको छ
साल्ट ट्रेडिङ ले नूनको गएराति १२ बजेदेखि समायोजन गरेको हो । जसअनुसार आयोनून एक किलो प्याकेटको मूल्य २६ रुपैयाँ पुगेको छ । यसअघि उक्त मूल्य २३ रुपैयाँ थियो ।
त्यस्तै न्यू शक्ति नून एक किलोको मूल्य १७ बाट बढेर २० रुपैयाँ पुगेको छ । अर्को भानू नूनको मूल्य प्रतिकिलो नौ रुपैयाँ तोकिएको साल्ट ट्रेडिङले जारी गरेको सुचनामा उल्लेख छ।