काठमाडौं। सात महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठक बोलाएका छन् । शुक्रबार (असार २७) दिउँसो बस्ने गरी उनले कार्यपालिका बैठक बोलाएका हुन् ।
महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, शुक्रबार बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि कार्यपालिका बैठक बस्ने तयारी छ ।