• Wednesday, August 6, 2025

बिज्नेसप्रेस:-स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुल्यो


काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीलाई धितोपत्र बोर्डले २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन अनुमति दिएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले २३ हजार कित्ता आईपीओ बिक्री खुलाएको हो।

पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्नेछ। ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ।बाँकी १ लाख ९५ हजार ५९५ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ९ सम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।कम्पनीको आईपीओमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पूरा गर्न जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ बी रेटिङ दिएको छ।

Please Login to comment in the post!

you may also like