• Tuesday, March 3, 2026

बोर हुनु राम्रो हो??



आजको युगमा नोटिफिकेसनको बाढी, एक क्लिकमै सामान डेलिभरी र अनन्त डिजिटल फिडले ‘बोर हुनु’ लाई लगभग लोपोन्मुख बनाइदिएको छ। तर मनोवैज्ञानिक र न्यूरोसाइन्टिस्टहरू चेतावनी दिन्छन्– बोर हुनुलाई पूरै हटाउँदा हाम्रो दिमागले आवश्यक आराम र रिचार्ज गुमाउँछ।

हालै हार्वर्डका प्रोफेसर तथा खुशीका अनुसन्धात डा. आर्थर ब्रुक्सले भनेका छन्, “हामीले प्रविधिको मद्दतले पर्खाइ र बोरियतलाई लगभग मेटाइदिएका छौं, तर यो हाम्रो मस्तिष्कका लागि हानिकारक छ।”

बोर हुँदा हाम्रो दिमागको ‘डिफल्ट मोड नेटवर्क’ सक्रिय हुन्छ। यो त्यही भाग हो जसले हामीलाई गहिरो सोच्ने, भावना बुझ्ने र जीवनको अर्थ खोज्ने क्षमता दिन्छ।

विज्ञानले प्रमाणित गरेका बोर हुनुका ५ ठूला फाइदा यस्ता छन्:

१. रचनात्मकता बढ्छ

बाहिरी उत्तेजना कम हुँदा दिमाग स्वतन्त्र रूपमा भौंतारिन्छ र नयाँ–नयाँ विचार जन्मिन्छन्। सन् २०१३ को एक अध्ययनले देखायो– बोर भएको समूहले एकैखाले काम गरेपछि अरूभन्दा धेरै सिर्जनात्मक विचार ल्याए।

२. जीवनको अर्थ खोज्न मद्दत गर्छ

डिफल्ट मोड नेटवर्क ले हामीलाई आफ्नो पहिचान, लक्ष्य र नैतिक मूल्यहरूबारे सोच्ने मौका दिन्छ। निरन्तर व्यस्त रहँदा यो प्रक्रिया रोकिन्छ, जसले जीवनलाई अर्थहीन बनाउन सक्छ।

३. भावनालाई सन्तुलनमा राख्छ

बोर हुँदा पुराना अनुभव र वर्तमान भावनालाई जोड्ने मौका मिल्छ। यसले मानसिक बलियोपन बढाउँछ भने डुम स्क्रोलिङले चिन्ता र अशान्ति बढाउँछ।

४. एकाग्रता बलियो बनाउँछ, फोनको लत घटाउँछ

बिहान सबेरै एक घण्टा फोन नछुनाले डोपामाइनको लत घट्छ र ध्यान केन्द्रित गर्ने क्षमता फर्किन्छ। अध्ययनहरूले देखाएका छन्– बारम्बार डिजिटल अवरोधले तनाव बढाउँछ, बोर हुनुले त्यसलाई रिसेट गर्छ।

५. जीवनको गहिरो अर्थ र आध्यात्मिकतातर्फ डोर्‍याउँछ

शान्त क्षणहरूमा हामी कृतज्ञता, विश्वास र जीवनको उद्देश्यबारे सोच्छौं। डिफल्ट मोड नेटवर्क ले यस्तै आन्तरिक कथा र दीर्घकालीन अर्थ निर्माण गर्छ।

निष्कर्षः बोर हुनु मानव जीवनको कमजोरी होइन, यो एक विशेषता हो।

आजको व्यस्त संसारमा केही पल शान्त बस्नु नै सबैभन्दा ठूलो लग्जरी बन्न सक्छ, किनकि त्यही शान्ततामा हामी आफैंलाई र जीवनको साँचो अर्थ भेट्टाउँछौं।

डा. ब्रुक्सको भनाइमा भन्दा, “आफ्नो जीवनको अर्थ खोज्न तपाईंलाई डिफल्ट मोड नेटवर्क चाहिन्छ, र त्यसको ढोका खोल्ने चाबी भनेको बोर हुन सक्ने कला हो।”

Please Login to comment in the post!

you may also like