काठमाडौ। देशकै स्वास्थ्य प्रणालीको व्यवस्थापन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर नष्ट भए पछि यतिखेर काम गर्न सक्ने अवस्थामा छैन। जेनजी आन्दोलनमा पूर्ण रुपमा जलेको ध्वस्त भएपछि स्वास्थ्यका कर्मचारीहरू कसरी काम गर्ने भन्नेमा अन्योलमा छन्।
कोरोना महामारी, ७२ सालको भुकम्पमा पनि स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू काम गरेका थिए। तर यसपटक भने जेनजी आन्दोलनको क्रममा प्रदशनकारीहरूले रामशाहपथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन पूर्ण रुपमा जलाएर नष्ट गरेपछि स्वास्थ्य मन्त्रालयले आपतकालीन काम वीर अस्पतालबाट गर्न थालेको छ।
मन्त्रालयका उच्च अधिकारीहरूले भर्चुअल रुपमा अत्यावस्यक काम तथा सरसल्लाह गरिरहेका छन्।