• Wednesday, March 4, 2026

पोखरामा मृत फेला परेकी युवतीको ठेगाना खुल्यो


काठमाडौ। पोखरामा मृत फेला परेकी युवतीको ठेगाना पुष्टि भएको छ। उनी दोलखाको बैतेश्वर गाउँपालिका ८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेकी छन्।

अधिकारीका अनुसार स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन। उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन्। 

स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो। खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको हो।

Please Login to comment in the post!

you may also like