काठमाडौं– देशकै ठूलो खुद्रा बिक्री श्रृंखला भाटभटेनी सुपर स्टोरका देशभरका शाखामध्ये धेरैमा ठूलो क्षति पुगेको छ। केही शाखा भवनसहित पूर्ण रूपमा नष्ट भएका छन् भने कतिपयमा तोडफोड र सामान लुटपाट भएको छ।
भवनसहित पूर्ण रूपमा नष्ट १२ स्टोरमा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका शाखा भवनसहित पूर्ण रूपमा ध्वस्त भएका छन्।
तोडफोड र लुटपाट भएका शाखामा कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी र इटहरीका स्टोरमा भवनमा क्षति पुर्याइएकै साथै सामान लुटपाट भएको बताइएको छ।
सुरक्षित रहेका शाखामा टोखा, सातदोबटो, अनामनगर, सनागाउँ, त्रिपुरेश्वर-यूडब्ल्यूटीसी, पाटन र नेपालगञ्ज शाखा छन् । यीनमा भने कुनै तोडफोड वा क्षति नभएको भाटभटेनी स्रोतले जनाएको छ।
भाटभटेनी व्यवस्थापनले क्षतिको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। क्षतिको कुल वित्तीय मूल्यांकन भने अझै सार्वजनिक गरिएको छैन।