• Saturday, October 18, 2025

सोमबारदेखि काठमाडौं महानगरका विद्यायलमा पठनपाठन हुने


काठमाडौं। काठमाडौं महानगरले आगामी सोमबारदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। गत २३ र २४ गते जेनजीको प्रदर्शनपछि बन्द भएका विद्यालय सोमबारदेखि खुल्ने भएको हो।

त्यस्तै, शिक्षक तथा कर्मचारीलाई आइतबारदेखि विद्यालयमा उपस्थित गराउने निर्णय भएको महानगरले जनाएको छ। विद्यालयमा उपस्थित भई विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाई सम्बद्ध कार्यहरू गर्न पनि महानगरले आग्रह गरेको हो।

महानगरले विद्यालयमा कुनै प्रकारको क्षति भए विवरण उपलब्ध गराउन आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने'


Please Login to comment in the post!

you may also like