काठमाडौं। जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा चोरेको प्रमाण भेटिएपछि कालिका मानवज्ञान स्कुलले अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई निष्कासन गरेको छ।
शुक्रबार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो। विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजीको प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला उनलाई कारबाही गरेका हुन्।
बुटवलको सुख्खा नगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुने गरी हटाइएको जनाएका छन्।