• Thursday, March 5, 2026

गाजामा सम्झौताभन्दा बढी क्षेत्रमाथि इस्रायली नियन्त्रण


बिबिसीको ताजा विश्लेषण अनुसार, हमाससँग भएको युद्धविराम सम्झौताभन्दा इस्रायली सेनाले गाजामा अपेक्षाभन्दा धेरै क्षेत्रमाथि नियन्त्रण कायम गरेको देखिएको छ।सम्झौताका पहिलो चरण अनुसार, इस्रायलले गाजाको उत्तर, दक्षिण र पूर्व सिमानामा रहेको एक रेखासम्म फिर्ता हुने सहमति जनाएको थियो। यो रेखालाई इस्रायली सेनाले नक्सामा पहेंलो रेखाका रूपमा चिनाएको थियो।तर नयाँ भिडियो र उपग्रह तस्बिरहरूले देखाएका छन् कि इस्रायली सैनिकहरूले ती पहेंला चिन्हहरू (ब्लक) दुई स्थानमा सम्झौतामा उल्लेखित सीमाभन्दा सयौं मिटर भित्रै गाजाको भूमिमा राखेका छन्।रक्षामन्त्री इस्रायल कात्जले ती चिन्हहरू राख्न आदेश दिएका थिए र चेतावनी दिएका छन् कि “जो कोहीले रेखा पार गर्छ, उसलाई गोली हानिनेछ।” यो क्षेत्रमा पहिले नै दुईजनाको मृत्यु भएको घटना भएको छ।इस्रायली सेनाले  बिबिसी सँगको सोधपुछमा आरोपहरूबारे प्रत्यक्ष प्रतिक्रिया नदिई भनेको छ — “दक्षिण कमाण्ड अन्तर्गतका इस्रायली सेना सैनिकहरूले गाजामा स्थलगत स्पष्टता ल्याउन ‘पहेंलो रेखा’ को चिन्ह लगाउने कार्य सुरु गरेका छन्।”

तर सटीक सीमा कहाँ पर्ने भन्नेबारे निरन्तर अस्पष्टता रहँदै आएको छ। ह्वाइट हाउस, डोनाल्ड ट्रम्प, र इस्रायली सेनाले युद्धविरामअघि तीन फरक नक्सा जारी गरेका थिए।१४ अक्टोबरमा इस्रायली सेना ले आफ्नो अनलाइन नक्सामा नवीनतम ‘पहेंलो रेखा’ प्रकाशित गरेको थियो, जसबाट गाजाका मानिसहरूलाई सीमा जानकारी गराइन्थ्यो। तर बिबिसी द्वारा विश्लेषित ड्रोन फुटेज अनुसार, गाजाको उत्तरतर्फ अल-अतातरा क्षेत्रमा राखिएका ६ वटा पहेंला ब्लक नक्सामा देखिएको सीमाभन्दा करिब ५२० मिटर भित्र छन्।दक्षिण गाजामा पनि यस्तै अवस्था देखिएको छ — १९ अक्टोबरको उपग्रह तस्बिरमा खान युनिस नजिक राखिएका १० ब्लक इस्रायली सेना द्वारा तोकिएको सीमाभन्दा १८० देखि २९० मिटर भित्र छन्।यदि यी दुई उदाहरण सम्पूर्ण सीमामा समान छन् भने, इस्रायलले युद्धविराम सम्झौताभन्दा ठूलो क्षेत्रमाथि नियन्त्रण कायम गरिरहेको बुझिन्छ।

विश्लेषकहरूले यो कदम इस्रायलले “सुरक्षात्मक बफर जोन” बनाउनका लागि लिएको बताएका छन्। किङ्स कलेज लन्डनका प्राध्यापक डा. एन्ड्रियास क्रिगका अनुसार, “यसले इस्रायली सेना लाई संभावित लक्ष्यहरू पहिल्यै नियन्त्रण गर्ने अवसर दिन्छ — यो एक प्रकारको ‘नो म्यान्स ल्याण्ड’ हो, जुन इस्रायलले विपक्षीको भूमिबाट लिन्छ।”तर यसले गाजाका बासिन्दामाझ भ्रम सिर्जना गरेको छ। गाजाको शेजाइया क्षेत्रमा बस्ने अब्देल कादेर आयमन बकरले बिबिसी लाई भने, “हामीले सीमा स्पष्ट देख्न सकेका छैनौं। हरेक दिन इस्रायली सैनिकहरू नजिकै देखिन्छन् तर हामी कहाँ सुरक्षित छौं, थाहा छैन।”१७ अक्टोबरमा भएको एउटा घटनामा इस्रायली सेना ले “सन्दिग्ध सवारीसाधन”माथि गोली चलाउँदा ११ जना नागरिकको मृत्यु भएको बिबिसी ले पुष्टि गरेको छ। मृतकमध्ये महिला र बालबालिका समेत थिए।इस्रायली सेनाले भने उक्त गाडीले ‘पहेंलो रेखा’ पार गरेपछि चेतावनीका रूपमा गोली चलाइएको र रोक्न अस्वीकार गरेपछि “खतरा हटाउन” गोली चलाइएको जनाएको छ।कानुनी विशेषज्ञहरूका अनुसार, युद्धविराम भए पनि इस्रायलको कानुनी दायित्व समाप्त हुँदैन। ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक डा. लरेन्स हिल–कर्थोर्नका अनुसार, “इस्रायलले केवल शत्रु लडाकुहरूलाई लक्षित गर्न सक्छ, र नागरिक क्षति अत्यधिक हुन नदिनुपर्छ।”इस्रायली सेनाले अन्तिम वक्तव्यमा भनेको छ — “दक्षिण कमाण्ड अन्तर्गतका सैनिकहरूले इस्रायली नागरिकहरूको सुरक्षाका लागि खतरा हटाउने कार्य जारी राखेका छन्।” उनीहरूले थपे, “कङ्क्रिट ब्लकहरू प्रत्येक २०० मिटरमा राखिँदैछन्।”इस्रायलले ७ अक्टोबर २०२३ मा हमास नेतृत्वको आक्रमण (जहाँ करिब १,२०० जनाको मृत्यु र २५१ जना अपहरण भएका थिए) को प्रतिकारमा गाजामा सैन्य अभियान सुरु गरेको थियो। गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इस्रायली आक्रमणमा कम्तीमा ६८,२८० जनाको मृत्यु भएको छ।

Please Login to comment in the post!

you may also like