• Thursday, March 5, 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एशियाली शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने भएका छन्। ह्वाइट हाउसले पुष्टि गरे अनुसार, यो भेट एशियाली शिखर सम्मेलनको अवसरमा हुनेछ।विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच हालै बढ्दो तनावका बीच यो बैठकबारे केही समय अनिश्चितता रहेको थियो। तर अन्ततः दुबै नेताहरूबीच प्रत्यक्ष भेट हुने तय भएको हो। ट्रम्प पुनः पदमा फर्किएपछि सी जिनपिङसँगको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।राष्ट्रपति ट्रम्पले चीनले दुर्लभ खनिजहरूको निर्यातमा लगाएका कडा प्रतिबन्धहरू फिर्ता नलिएमा नोभेम्बरदेखि थप १०० प्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका छन्।

यो द्विपक्षीय बैठक दक्षिण कोरियाको ग्यङजु शहरमा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने एशिया-प्यासिफिक इकोनोमिक को–अपरेशन  शिखर सम्मेलनको छेउछाउमा हुनेछ।ट्रम्पको यो एशिया भ्रमणमा मलेसियामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ  सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि समावेश छ।ह्वाइट हाउसकी प्रेस सचिव कारोलीन लेभिटले बिहीबारको पत्रकार सम्मेलनमा भनिन्, “स्थानीय समय अनुसार बिहीबार बिहान राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् र त्यसपछि स्वदेश फर्किनेछन्।”

Please Login to comment in the post!

you may also like