• Tuesday, March 3, 2026

४० व्यस्त विमानस्थलहरूमा उडानहरूको संख्या घटाउने अमेरिकी योजना


अमेरिकी अधिकारीहरूले देशका ४० व्यस्त विमानस्थलहरूमा उडानहरूको संख्या घटाउने योजना बनाएका छन्, जसले हवाई ट्राफिक नियन्त्रकहरूमाथिको दबाब कम गर्ने लक्ष्य राखेको छ। यी विमानस्थलका नियन्त्रण टावरहरूमा हवाई ट्राफिक नियन्त्रकहरू बिरामी बिदा लिँदै वा अतिरिक्त काम गर्दै वेतनबिना काम गरिरहेका कारण अनुपस्थित भइरहेका छन्, किनकि संघीय सरकारको बन्द (शटडाउन) जारी छ। कुल मिलाएर लाखौँ संघीय कर्मचारीहरूले बजेट पारित नहुँदा तलब पाएका छैनन्। बुधबार यो वित्तीय गतिरोध अमेरिकी इतिहासकै सबैभन्दा लामो शटडाउन बनेको छ।

संघीय उड्डयन प्रशासन (एफएए) ले कुन विमानस्थलहरूमा क्षमता कटौती हुने भन्ने औपचारिक घोषणा गरेको छैन, तर बीबीसीले मिडिया रिपोर्टहरूका आधारमा ती नामहरू संकलन गरेको छ। अन्तर्राष्ट्रिय उडानहरूमा कुनै कटौती हुने छैन। यता, ठूला अमेरिकी एयरलाइन्सहरूले ग्राहकहरूलाई निःशुल्क उडान परिवर्तन गर्न अनुमति दिने बताएका छन्।

प्रभावित विमानस्थलहरूमा विश्वकै व्यस्त मानिने हार्ट्सफिल्ड-ज्याक्सन एट्लान्टा अन्तर्राष्ट्रिय विमानस्थल पनि समावेश छ, जसमा सन् २०२४ मा १० करोड ८० लाखभन्दा बढी यात्रुहरू उडान/अवतरण गरेका थिए। अमेरिकाका पाँच व्यस्त विमानस्थलहरू—एट्लान्टा, डालास फोर्ट वर्थ , डेनभर , शिकागो ओ’हेयर र लस एन्जलस —सबैमा उडान कटौती हुने अपेक्षा छ।

१. एन्कोरेज इन्टरनेशनल२. हार्ट्सफिल्ड-ज्याक्सन एट्लान्टा३. बोस्टन लोगान४. बाल्टिमोर/वाशिङ्टन५. चार्लोट डग्लस६. सिन्सिनाटी/नर्दन केन्टकी७. डालास लभ फिल्ड८. रोनाल्ड रेगन वाशिङ्टन नेशनल९. डेनभर इन्टरनेशनल१०. डालास/फोर्ट वर्थ११. डेट्रोइट मेट्रोपोलिटन १२. न्युवार्क लिबर्टी  १३. फोर्ट लाउडरडेल १४. होनोलुलु इन्टरनेशनल १५. ह्युस्टन हबी  १६. वाशिङ्टन डलेस  १७. जर्ज बुश ह्युस्टन इन्टरकन्टिनेन्टल १८. इन्डियानापोलिस  १९. न्युयोर्क जेएफके  २०. लास भेगास ह्यारी रीड  २१. लस एन्जलस इन्टरनेशनल  २२. न्युयोर्क लागार्डिया  २३. ओरलान्डो इन्टरनेशनल २४. शिकागो मिडवे  २५. मेम्फिस इन्टरनेशनल  २६. मियामी इन्टरनेशनल २७. मिनियापोलिस/सेन्ट पल  २८. ओकल्यान्ड इन्टरनेशनल  २९. अन्टारियो इन्टरनेशनल  ३०. शिकागो ओ’हेयर  ३१. पोर्टल्यान्ड इन्टरनेशनल  ३२. फिलाडेल्फिया इन्टरनेशनल  ३३. फिनिक्स स्काई हार्बर ३४. सान डिएगो इन्टरनेशनल ३५. लुइसभिल इन्टरनेशनल  ३६. सियाटल/टाकोमा ३७. सान फ्रान्सिस्को इन्टरनेशनल ३८. साल्ट लेक सिटी इन्टरनेशनल  ३९. टेटरबोरो  ४०. टाम्पा इन्टरनेशनल!ठूला एयरलाइन्सहरूले रद्द उडानको खर्च ग्राहकलाई नपर्ने आश्वासन दिएका छन्।युनाइटेड एयरलाइन्सः रद्द नभएका उडानहरूमा पनि रिफन्ड दिने, नन-रिफन्डेबल र बेसिक इकोनोमी टिकटमा शुल्क मिनाहा, पुनःबुकिङमा भाडा अन्तर मिनाहा।डेल्टा एयरलाइन्सः परिवर्तन, रद्द वा रिफन्ड निःशुल्क (बेसिक इकोनोमीसहित); १६ नोभेम्बरसम्म पुनःबुकिङमा भाडा अन्तर मिनाहा।अमेरिकन एयरलाइन्सः रद्द नभएका उडानमा पनि परिवर्तन/रिफन्ड निःशुल्क (भाडा अन्तरबारे उल्लेख छैन)।साउथवेस्ट एयरलाइन्सः रद्द उडानमा पुनःबुकिङ वा रिफन्ड; ७–१२ नोभेम्बरका उडानमा शुल्क/भाडा अन्तर मिनाहा वा रिफन्ड।फ्रन्टियर एयरलाइन्सः परिवर्तन/रद्द निःशुल्क, तर पुनःबुकिङमा भाडा अन्तर तिर्नुपर्ने।शुक्रबारदेखि पहिलो उडानहरू रद्द हुँदैछन्।

Please Login to comment in the post!

you may also like