• Monday, July 7, 2025

परवानीपुर गाउँपालिका ५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्रामसहित ४ जना पक्राउ


काठमाडौं। परवानीपुर गाउँपालिका ५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्रामसहित ४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मकवानपुर थाहा नगरपालिका ४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका १२ टिसटुङका ४६ वर्षीय  वीरबहादुर गोले, हेटौँडा उपमहानगर १४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका ७ आपसी चोक निवासी ३१ वर्षीय महेश तमाङलाई पक्राउ गरिएको हो। 

Please Login to comment in the post!

you may also like