काठमाडौं। देशभर २० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार देशभर सुदूरपश्चिममा सबैभन्दा धेरैसहित देशभर २०.३ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।
प्रदेशगत रुपमा हेर्दा, सुदूरपश्चिममा ४९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यस्तै, कर्णालीमा ३९.१ प्रतिशत, गण्डकीमा २८.२ प्रतिशत, लुम्बिनीमा २४.३ प्रतिशत र बागमतीमा २०.५ प्रतिशत रोपाइँ भएको छ।मन्त्रालयका अनुसार, कोशी र मधेसमा भने धान रोपाइँको प्रगति सुस्त देखिएको छ। कोशीमा १४.३ प्रतिशत मात्रै रोपाइँ भएको छ भने मधेसमा ३.९ प्रतिशत मात्रै सम्पन्न भएको छ।
यस वर्ष समयमै मनसुन सक्रिय भएकाले आगामी दिनमा धान रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ। देशभर १३ देखि १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदैन आएको छ।