• Sunday, October 19, 2025

पूर्वप्रधानमन्त्री देउवाको दशैं शुभकामना: जेन-जी आन्दोलन ‘अकल्पनीय र दुखद’


काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरक्षाको कारण देखाउँदै हालसम्म सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका छैनन्। यद्यपि, बडादशैंको अवसरमा उनले सामाजिक सञ्जालमार्फत देशवासीका नाममा शुभकामना सन्देश जारी गरेका छन्।

सन्देशमा देउवाले जेन-जी आन्दोलनलाई इतिहासकै अकल्पनीय र दुखद घटनाको रूपमा उल्लेख गरेका छन्। उनले भनेका छन्, “जेन-जी आन्दोलन इतिहासकै अकल्पनीय र दुखद घटना हो। बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझ मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गर्दछु।”

देउवाको यो सन्देशले पछिल्लो समय चर्चामा रहेको जेन-जी आन्दोलनप्रति उनको धारणा स्पष्ट गरेको छ भने दशैंको अवसरमा सामाजिक एकताको सन्देश प्रवाह गरेको छ।

Please Login to comment in the post!

you may also like