काठमाडौं,पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले देशको वर्तमान अवस्था र आफ्नो व्यक्तिगत परिस्थितिप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। उनले देशको अवस्था बिग्रिएको र आफू "धोती न टोपी" को अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बास्कोटाले भने, "अब सन्चो बिसन्चो त देशै बिसन्चो छ। कसलाई कसले सोधेर बाँच्न सक्छ अहिले? आफ्नो बन्दोबस्त आफैंले गर्नुपर्छ। मलाई नै सोध्नुहुन्छ भने, म धोती न टोपीको अवस्थामा छु। कता डेरा, कता गुन्टा? लगाएको लुगा बाहेक केही बाँकी छैन। अरूलाई सोध्ने फुर्सद कसैलाई छैन, मलाई चाहिँ किन फुर्सद हुनुपर्यो?"
उनको यो भनाइले देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति गहिरो असन्तुष्टि र व्यक्तिगत कठिनाइलाई झल्काउँछ। बास्कोटाको यो अभिव्यक्तिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।