• Wednesday, March 4, 2026

राष्ट्रिय परिचयपत्रधारीले मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनु नपर्ने



काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूले अब मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी नयाँ व्यवस्था गरेको हो, जसअन्तर्गत परिचयपत्रधारीले आफूलाई सहज हुने कुनै पनि स्थानबाट अनलाइन फारम भरेपछि राष्ट्रिय परिचयपत्रमा उल्लेखित विवरण स्वतः मतदाता नामावलीमा प्रयोग हुने भएको छ ।

यो सुविधाले मतदाता दर्ता प्रक्रियालाई सरल, छिटो र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ । आयोगका अनुसार, फारम अनलाइनमार्फत भर्न मात्रै आवश्यक पर्नेछ र परिचयपत्रको डेटा आधारमा नामावली तयार हुने छ । यसले विशेष गरी दुर्गम क्षेत्रका नागरिकहरूलाई राहत पुग्ने विश्वास लिइएको छ ।


Please Login to comment in the post!

you may also like