राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सुप्रिम सहकारी ठगी मुद्दाको सुनुवाइ बुटवल उच्च अदालतमा संयुक्त इजलासमा हुँदैछ। न्यायाधीश ओमप्रकाश अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासले यो मुद्दाको सुनुवाइ गर्दैछ। यसै इजलासमा पूर्व गोर्खा मिडिया सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीको मुद्दा पनि संयुक्त रूपमा सुनुवाइ भइरहेको छ। ![]()
हाल ललितपुरको नख्खु कारागारमा थुनामा रहेका लामिछानेले धरौटी रकम बुझाएर बाहिरबाट मुद्दा लड्ने अनुमति मागेका थिए। तर, रुपन्देही जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतका आदेशले उनलाई मुद्दा विचाराधीन अवस्थामा थुनामै राख्ने निर्णय गरेको थियो।
अब संयुक्त इजलासले लामिछाने धरौटीमा रिहा हुने वा थुनामै रहेर मुद्दा लड्ने भन्ने निर्णय गर्नेछ।
प्रक्रियागत सहजताका लागि लामिछाने र जोशीका यी दुवै समान प्रकृतिका मुद्दालाई एकैसाथ सुनुवाइ गर्न यसअघि नै एकीकृत गरिएको थियो।