• Wednesday, March 4, 2026

जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ प्रहरी बिटमध्ये ४४८ वटा सञ्चालनमा


काठमाडौं, २७ कात्तिक २०८२ । जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ प्रहरी बिटमध्ये ४४८ वटा सञ्चालनमा आइसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका छन् ।
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उपस्थित भएर बोल्दै उनले यो प्रगति उल्लेख गरे ।
सरकार गठन हुँदा शान्ति र सुरक्षाको अवस्था अन्योलपूर्ण रहेको स्मरण गर्दै अर्यालले दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा फर्काउन सफल भएको दाबी गरे । यसले आन्दोलनका घाउहरू पूर्णरूपमा निको लाग्न थालेको संकेत गरेको छ ।

Please Login to comment in the post!

you may also like