• Monday, August 24, 2026

सिड्नी विमानस्थलमा जेटस्टार र कतार एयरवेजका विमानबीच ‘नियर मिस’


अष्ट्रेलियाको सिड्नी विमानस्थलमा जेटस्टार र कतार एयरवेजका विमान नजिकिँदा सम्भावित ठोक्किनबाट जोगिएको घटना भएको छ। आइतबार बिहान करिब ७ बजे गोल्ड कोस्टतर्फ उड्न लागेको जेटस्टारको विमान रनवेतर्फ ट्याक्सी गरिरहेका बेला अर्को विमान नजिक आएपछि पाइलटले अचानक कडा ब्रेक लगाएका थिए।

घटनामा जेटस्टारका एक क्याबिन क्रु सदस्य घाइते भएका छन् र उनलाई प्यारामेडिक्सले स्वास्थ्य परीक्षण गरेका थिए। विमानमा रहेका कुनै पनि यात्रु घाइते नभएको बताइएको छ। जेटस्टारका अनुसार विमान एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार अघि बढिरहेको थियो र अर्को विमान नजिक आएपछि पाइलटले तत्काल ब्रेक लगाउनुपरेको थियो। कम्पनीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाका बेला बिहान ६ बजेदेखि ८ बजेसम्म सिड्नी विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सञ्चालनसम्बन्धी प्रतिबन्धसमेत रहेको बताइएको छ।

Please Login to comment in the post!

you may also like