• Friday, October 17, 2025

संसद भवन अगाडि युवाको प्रदर्शन, अभिभावकको पनि साथ


काठमाडौं: सोमबारको प्रहरी दमनपछि आज पनि काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा युवाहरूले प्रदर्शन जारी राखेका छन्। १९ जनाको मृत्युको घटनापछि आक्रोशित युवाहरूलाई अभिभावकहरूले पनि साथ दिएका छन्।सोमबारको घटनामा प्रहरीले दमन गरेको र १९ जनाको ज्यान गएको भन्दै युवाहरू आन्दोलित भएका हुन्। उनीहरूको समर्थनमा आज अभिभावकहरू पनि स्वतःस्फूर्त रूपमा प्रदर्शनमा सहभागी भएका छन्।प्रदर्शनमा सहभागी ५२ वर्षीया गोमा आस्थाले भनिन्, ‘हिजोको घटनाले मलाई निकै पीडा दियो। ती युवाहरू मेरा छोराछोरी जस्तै थिए। उनीहरूसँग के थियो र? कलम, ड्रेस वा बढीमा ढुङ्गा होला। के उनीहरूलाई गोली नै हान्नुपर्थ्यो?’

आन्दोलनलाई नियन्त्रणमा लिन संसद भवन परिसरमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर सामान्य झडप पनि भएको थियो। तर, युवाहरूले अहिले पनि आफ्नो प्रदर्शनलाई जारी राखेका छन्।

Please Login to comment in the post!

you may also like