काठमाडाैं। सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डंगराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए। उनका अनुसार बिहान चिया खाएर खेत गएका पण्डित सिँचाइ गर्न खोज्ने क्रममा विद्युत्को तार सही तरिकाले नजोड्दा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि विद्युत् सुरक्षाको सवालमा चेतनामूलक कार्यक्रमको आवश्यकता देखिएको भन्दै स्थानीयवासीले पनि सरोकारवाला निकायसँग तत्काल ध्यान दिन माग गरेका छन्।