• Sunday, June 22, 2025

रविकाे पक्षमा हस्ताक्षर गर्न पुगे अभिनेता विपिन कार्की


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्ताक्षर गर्न अभिनेता विपिन कार्की पुगेका छन्।
सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा रहेका लामिछानेको पक्षमा पार्टीले हस्ताक्षर सङ्कलन गरेको छ। यसै क्रममा अभिनेता कार्की पनि आइतबार (आज) हस्ताक्षर गर्न पार्टी मुख्यालय वनस्थली च:मति पुगेको पार्टीका कोषाध्यक्ष दीपक बोहराले जानकारी दिए।
पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर रास्वपाले असार ७ गतेदेखि पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन थालेको हो। रास्वपाले यसलाई 'राजनीतिक प्रतिशोध'विरुद्धको हस्ताक्षर भनेको छ। स्थापना दिवसको अवसरमा सभापति लामिछानेले शनिबार (हिजो) २० पृष्ठको एक दस्ताबेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजमा अभियानबारे उल्लेख गरिएको छ।
उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका लामिछानेले सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध तथा ठगीमा मुद्दा झेलिरहेका छन्। अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा रहेका उनले २० पन्ने दस्ताबेजमार्फत जनसमर्थन खोजेका छन्।

Please Login to comment in the post!

you may also like